भागरथी हत्या प्रकरणः छिमेकी युवकले पारिवारिक रिसिभीका कारण हत्या गरेको बयान, न्याय माग्न आन्दोलनमा समेत सहभागी

NAWALPUR TIMES

भागरथी हत्या प्रकरणः छिमेकी युवकले पारिवारिक रिसिभीका कारण  हत्या गरेको बयान, न्याय माग्न आन्दोलनमा समेत सहभागी
1613532233139

बैतडीको दोगडाकेदार गाउँपालिका– कतोला चडेपानीकी १७ बर्षीया भागरथी भट्टको हत्या पछि बलात्कारको अभियोगमा पक्राउ परेका १७ बर्षीय युवकले प्रहरीलाई पारिवारीक पुरानो रिसिभीका कारण हत्या गरेको बयान दिएका छन् ।

प्रहरी स्रोतका अनुसार छिमेकी समेत रहेका १७ बर्षीय युवक दिनेश भट्टले पहिले देखिनै दुबै परिवार बीच झगडा भइरहने भएकाले पुरानो बदला लिनको लागि पहिले देखि नै योजना बनाएर हत्या गरेको बताएका छन् ।

‘घरको पुरानो रिसिभी थियो । त्यसैले पहिले देखि नै बदला दिने योजनामा थिएँ,’ भट्टले प्रहरीलाई बयान दिएको स्रोतले लोकान्तरलाई बतायो ।

दिनेशले बलत्कारपछि हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

१७ बर्षीय दिनेशलाई जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा राखिएको छ ।

उनलाई आज (बुधवार) ११ बजे प्रहरीले जिल्ला प्रहरी कार्यालय बैतडीबाट सार्वजनिक गर्दै छ ।
भागरथीको न्यायको लागि दैनिक आन्दोलनमा सहभागी थिए दिनेश

भागरथीको हत्या भएपछि उनको न्यायको लागि दैनिक दोगडाकेदारमा आन्दोलन भइरहेको थियो । त्यहि आन्दोलनमा न्याय माग्नको लागि सहभागी भएर दिनेशले आन्दोलन गर्ने गरेको प्रहरीले जनाएको छ ।

‘उनी दैनिक आन्दोलनमा सहभागी थिए तर उनको गतिविधि संकास्पद भएकाले निगरानीमा राखेका थियौं,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले लोकान्तरसँग भने ।

माघ २१ गते घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीवार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा शव नजिकैको लबलेक सामुदायिक वनमा फेला परेको थियो ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार सडकबाट झण्डै ५० मिटर तल झाडीमा भेटिएकी भागरथीको टोउकोमा चोट लागेको थियो ।

पोष्टमार्ट रिर्पोटमा उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology