भागरथी हत्यामा पक्राउ परेका दिनेशको डीएनए ‘म्याच’

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १२ गते १३:२१
भागरथी हत्यामा पक्राउ परेका दिनेशको डीएनए ‘म्याच’
1616657717291

काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टको डीएनए ‘म्याच’ भएको छ । भागरथीको शरीरबाट निकालीएको स्वाबसँग दिनेशको डीएनए मिलेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीले दिनेशको डीएनए प्रयोगशालाबाट म्याच भएको  जानकारी दिए ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीस्थित सनातन माध्यमिक विद्यालयमा अध्ययनरत् भागरथी गएको माघ २२ गते मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । प्रहरीले हत्यामा संलग्न आरोपमा भागरथीकै आफन्त दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।-बाह्रखरी अनलाइन बाट

प्रकाशित : २०७७ चैत १२ गते १३:२१

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI