भरतपुर – भरतपुर महानगरपालिकामा ९७ हजार ११ मत गणना भएको छ ।
आइतवार ४ : ५० बजेको अपडेट अनुसार मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३८ हजार २५४ मतसहित अग्रता लिइरहेकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २९ हजार ८५५ मत पाए ।
यस्तै अर्का उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ५१४ मत पाएका छन् ।
यता उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४० हजार ४२८ मत ल्याएकी छन् ।
उनका प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले २३ हजार ६१७ मत ल्याएकी छन् ।
											
											प्रकाशित :  २०७९ जेठ  ८ गते १७:२२
										
										
										
	
										
										  
							 
						
Facebook Comment