भन्सार शुल्क निति सच्याउन अर्थ मन्त्री समक्ष काङ्ग्रेस नेता कण्डेलको माग

NAWALPUR TIMES

भन्सार शुल्क निति सच्याउन अर्थ मन्त्री समक्ष काङ्ग्रेस नेता कण्डेलको माग
Screenshot 20230721 215957 Messenger

परासी , ६ साउन

नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेल सहितको टाेलीले अर्थ मन्त्री समक्ष ज्ञापन पत्र पेश गरेका छन ।

सरकारले गत जेष्ठ १ गते देखि लागु गरेको रु १०० बढी सामान आयातमा भन्सार शुल्क लगाउने निति सच्याउन अर्थ मन्त्री समक्ष ज्ञापन पत्र पेश गरिएको हो ।

नेपाली काग्रेसका सभापती शेरवहादुर देउवा र उपप्रधानमन्त्री मा. पूर्ण वहादुर खडकाको रोहवरमा केन्द्रिय पदाधिकारीको हस्ताक्षर गरी केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल सहितको टोलीले अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो ।

सरकारले लागु गरेको भन्सार निति देशका अन्तराष्ट्रिय सिमा तथा एयरपोटमा लागू नगरिएको तर भारतिय सिमा जोडिएका मधेश क्षेत्रमा मात्र यो निति लागू भएको देखिएको हुदा सिमावर्ती जनतामा विभेदकारी व्यवहार विरुद्ध जनआक्रोस बढिरहेको जनाईएको छ ।

सिमावर्ती क्षेत्र लगायतका आर्थिकरुपमा कमजोर वर्ग रोजगारीको श्रोतकारुपमा भारतसंग प्रत्यक्ष जोडिएका, भारतिय सेनाको गोर्खा पल्टनको प्रमुख हिस्सा तथा भारतीय गोर्खा रेजिमेन्टको अवकाश प्राप्त नेपालीजनको भारतसँगहुने आधारभुत सम्बन्ध तथा सिमावर्ती नेपालीको दैनिक आधारभुत प्रयोजनका नुन तेल मलखाद जन्य वस्तुहरुका सन्दर्भमा यो निति पूर्ण विभेदकारी भएको भन्दै अविलम्व निति परिवर्तन गरि सहज गर्न माग गरिएको छ ।

सरकार तथा अर्थमन्त्रालयको तर्फबाट मन्त्री डा. प्रकाश शरण महतले ज्ञापनपत्र वुझ्दै सरकार सदैव जनताको सहज जिवनयापन र जनहितको पक्षमा रहेकोले अव्यवहारिक भएमा निति पुनरावलोकन हुने प्रतिबद्धता जनाएका छन ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology