भक्तपुरमा घर भित्र एकै परिवारका तीन जनाको शव फेला, घरमा पालिएको कुकुर पनि मरेको अवस्थामा भेटियो

NAWALPUR TIMES

भक्तपुरमा घर भित्र एकै परिवारका तीन जनाको शव फेला, घरमा पालिएको कुकुर पनि मरेको अवस्थामा भेटियो
2020 07 07 Death Symbol1

काठमाडौंः भक्तपुरमा एक घरभित्र तीन जनाको शव फेला परेको छ। मध्यपुर थिमि नगरपालिकास्थित निकोसेरा भन्ने ठाउँमा घरभित्र एकै परिवारका तीन जनाको शव फेला परेको हो।

‘ हामी घटनास्थल पुगेर बुझ्दै छौं। आमा, छोरो र बुवाको शव भेटिएको छ।’ महानगरीय प्रहरी परिसर भक्तपुर एसपी तारादेवी थापाले भनिन्।

घरमा ३६ वर्षीय सुदिप अधिकारी, उनकी ३४ वर्षीया पत्नी र १५ वर्षीय छोरा मृत अवस्थामा फेला परेका हुन्। त्यस्तै घरमा पालेको कुकुर समेत मृत अवस्थामा फेला परेको छ। तीन तलाको प्रत्येक तलामा मृत अवस्था शव फेला परेको हो।

घटनाको अनुसन्धान गर्न महानगरीय अपराध महाशाखाको टोली समेत परिचालन गरिएको छ। फाइल तस्बिर

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology