ब्राजिल कोपा अमेरिकाको फाइनलमा

NAWALPUR TIMES

ब्राजिल कोपा अमेरिकाको फाइनलमा
Brazil neyamar 1024x611 1

एजेन्सी । ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको खेलमा पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिल फइनलमा पुगेको हो ।

खेलको ३५ औँ मिनेटमा लुकास पाक्वेटाले गरेको गोल नै निर्णय गोल बन्यो । उनले नेयमारले पेरुको डिफेन्स चिर्दै पेनाल्टी क्षेत्र भित्रबाट दिएको पासमा गोल गरेका थिए ।

ब्राजिलले फाइनलमा अर्जेन्टिना र कोलोम्बियाको विजेतासँग खेल्नेछ । यि दुई टोलीबीचको सेमिफाइनल खेल बुधबार बिहान ६ः४५ बजे हुनेछ । पेरुले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology