ब्यबसायी पौडेलद्वारा सुर्यकीरण आमा समूहलाई स्वास्थ सामाग्री सहयोग ।।

NAWALPUR TIMES

ब्यबसायी पौडेलद्वारा सुर्यकीरण आमा समूहलाई स्वास्थ सामाग्री सहयोग ।।
received 314164053717060 scaled

अजय पौडेल
जेठ ७,२०७८

गैंडाकोट १५ निवासी जीवन पौडेल सुर्यकिरण आमा समुहलाई स्वास्थ सामाग्री सहयोग गर्नुभएको छ । आज सुर्यकीरण आमा समूह गैंडाकोट १५ अमर टोलकी अध्यक्ष प्रमिला चापागाई पौडेललाई पौडेलले स्वास्थ सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

नेपाल तरुण दल जिल्ला सदस्य समेत रहनुभएका पौडेलले निषेधाज्ञाको कारण समस्यामा परेकाहरुलाइ सहयोग अभियान निरन्तर जारी राख्नुभएको हो । कोरोना भाइरसको संक्रमण रोक्न जिल्लाभर निषेधाज्ञा जारी रहेको अवस्थामा आफ्नो ब्यबसायको सामाजिक उत्तरदायीत्व अन्तर्गत पछिल्लो समय आफुले समस्या परेको ठाउँमा सहयोग गरेको बताउनुभयो ।

गैंडाकोटको अमरापुरीमा तथा दलदले साथै नारायणगढमा ब्यबसाय गर्दै आउनुभएका पौडेलले केही समय अगाडी अस्थायी प्रहरी पोष्ट बेल्डियामा स्वास्थ सामाग्री सहयोग तथा बिपतमा युवा समितिलाइ चामल सहयोग गर्नुभएको थियो । स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा आमा समुहका पदाधिकारी तथा सदस्य लगायतको उपस्थिति रहेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology