अजय पौडेल
जेठ ७,२०७८
गैंडाकोट १५ निवासी जीवन पौडेल सुर्यकिरण आमा समुहलाई स्वास्थ सामाग्री सहयोग गर्नुभएको छ । आज सुर्यकीरण आमा समूह गैंडाकोट १५ अमर टोलकी अध्यक्ष प्रमिला चापागाई पौडेललाई पौडेलले स्वास्थ सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
नेपाल तरुण दल जिल्ला सदस्य समेत रहनुभएका पौडेलले निषेधाज्ञाको कारण समस्यामा परेकाहरुलाइ सहयोग अभियान निरन्तर जारी राख्नुभएको हो । कोरोना भाइरसको संक्रमण रोक्न जिल्लाभर निषेधाज्ञा जारी रहेको अवस्थामा आफ्नो ब्यबसायको सामाजिक उत्तरदायीत्व अन्तर्गत पछिल्लो समय आफुले समस्या परेको ठाउँमा सहयोग गरेको बताउनुभयो ।
गैंडाकोटको अमरापुरीमा तथा दलदले साथै नारायणगढमा ब्यबसाय गर्दै आउनुभएका पौडेलले केही समय अगाडी अस्थायी प्रहरी पोष्ट बेल्डियामा स्वास्थ सामाग्री सहयोग तथा बिपतमा युवा समितिलाइ चामल सहयोग गर्नुभएको थियो । स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा आमा समुहका पदाधिकारी तथा सदस्य लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित : २०७८ जेठ ७ गते १४:४१
Facebook Comment