बौदीकाली गाउँपालिकाका ८ सहित गण्डकी प्रदेशका २० जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES

बौदीकाली गाउँपालिकाका ८ सहित गण्डकी प्रदेशका २० जनामा कोरोना संक्रमण पुष्टि
Untitled 1

प्रकाश भण्डारी, गैँडाकोट

नवलपुर जिल्लाको बौदीकाली गाउँपालिकामा थप ८ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले सोमबार जारी गरेको प्रेस बिज्ञप्ति अनुसार बौदीकाली गाउँपालिकाका ८ जनामा कोरोना पुष्टि भएको हो। आज संक्रमण देखिनेहरू २१, ५०, २०, २९, १८, ४२, २१ र १९ बर्षका पुरूषहरू रहेका छन्।

बौदीकाली गाउँपालिका वडा नं. ६ का २९ र १८ बर्षका २ जना, वडा नं.१ का १९ बर्षका १ जना, वडा नं. २ का २०, २१, २१ बर्षका ३ जना, वडा नं. ३ का ४५ र ५० बर्षका २ जना बर्षका पुरूष रहेका छन्।

संक्रमितहरू सबै भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन। सक्रमितहरूलाई प्रतिकूल मौसमका कारण आज आईसोलेसनमा लैजान नसकिने भएकोले क्वारेन्टाईनमै व्यवस्थित रूपमा राख्ने तयारी भएको बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुबेदीले नवलपुरलाई टाईम्सलाई बताउनुभयो।

यो सहित बौदीकाली गाउँपालिकामा कोरोना संक्रमितको संख्या २० पुगेको छ भने नवलपुर जिल्लामा संक्रमितको संख्या १ सय ४० पुगेको छ।

त्यस्तै आजै गण्डकी प्रदेशको नवलपुरका ८ जना सहित स्याङ्गजा जिल्लाका थप १२ जनामा कोरोना संक्रमण पुष्टि छ।

स्याङ्गजा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाका ८ जना पुरूष तथा २ जना महिलामा कोरोना पुष्टि भएको छ भने कालीगण्डकी गाउँपालिकाका २ जना पुरूषमा कोरोना पुष्टि भएको हो।

यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology