बैतडीमा जीप दुर्घटना हुँदा नवविवाहित जोडीसहित चार जनाको मृत्यु

NAWALPUR TIMES

बैतडीमा जीप दुर्घटना हुँदा नवविवाहित जोडीसहित चार जनाको मृत्यु
accdent

बैतडीमा सोमबार साँझ जीप दुर्घटना हुँदा नवविवाहित जोडीसहित चार जनाको मृत्यु भएको छ । बैतडीको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपालतर्फ जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका १ सकार खोलामा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा पाटन ७ कैलपाल माइत भएकी २० वर्षीया मनिषा विक र उनका श्रीमान् २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

मनिषा र प्रेम १० दिन अघि मात्रै विवाह बन्धनमा बाँधिएका थिए । दुर्घटनामा परेर अन्य ६ जना घाइते भएका छन् । उनीहरू सबैलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको प्रहरी निरीक्षक शाहीले बताए ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology