बैङकको ब्याजदरमा एकल अंक कायम गर्न नवलपुर उद्योग वाणिज्य संघको माग

NAWALPUR TIMES

बैङकको ब्याजदरमा एकल अंक कायम गर्न नवलपुर उद्योग वाणिज्य संघको माग
udhog badjy asangh2023 11 09 11 36 39

कावासोती । नवलपुर उद्योग वाणिज्य संघले बैक तथा वित्तिय संस्थाले व्यवसायी सँग लिदै आएको ब्याजदरलाई घटाएर एकल अकंमा कायम गर्न सरकार सँग माग गरेको छ । नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठप्रसाद अर्याल र महासचिव सागर पोख्रेलले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै बैक तथा वित्तिय संस्थाको चर्को व्याजदर, नविकरणमा हुने झन्झट तथा आर्थिक तरलता बाट समेत उद्योगी व्यवसायीहरु पलायन हुदै गएको भन्दै तत्काल ब्याजदरलाई एकल अंकमा कायम गराउन सरकारको ध्यानाकर्षण गराएका हुन ।

विज्ञप्तीमा हाल आर्थिक मन्दिका कारण स्वदेसी उद्योग तथा व्यवसायिक फर्महरु दिनानु दिन बन्दहुने अवस्थामा रहेकाले ब्यवसाय नविकरणको म्याद थप, ब्यवसाय कर, घरबहाल कर, सरसफाई कर मा लाईको दर रेटलाई घटाउन, छुट दिन तथा सहज रुपमा उद्योग ब्यवसाय सञ्चालन गर्ने वातावरणको श्रृजना गराउन स्थानिय सरकार सँग माग गरिएको छ ।

यसै गरि विज्ञप्तीमा चाडपर्व नजिकिए सगै बजारमा अनुचित मूल्यबृद्धि, खाद्यान्नमा मिसावट तथा अखाद्य बस्तुहरुको बिक्री वितरण सगै भन्सार छली जस्ता कार्यहरु नर्गन, नगराउन समेत समस्त उद्योगी,व्यवसायीहरुलाई आग्रह गरिएको छ । व्यवसाय संचालन स्थलमा आ–आफ्नो उद्योग–व्यवसाय दर्ता, पान वा भ्याट नम्वर र मूल्य सुचिहरु प्रस्ट देखिने गरी राख्न तथा नेपालको प्रचलित कानुन बमोजिम सञ्चालन गर्न समेत आग्रह गर्दै उद्योग वाणिज्य संघ नवलपुरले उद्योग व्यवसायको नाममा हुने गैर कानुनी कार्यको अनुगमन तथा नियमन गर्न सम्वन्धित सरोकारवालाहरुलाई विज्ञप्ती मार्फत आग्रह गरेको छ । साथै अनुगमन को नाममा उद्योगी, व्यवसायीहरुलाई अनावश्यक दुख दिने, थुन छेक गर्ने, समस्या उत्पन्न गर्ने÷गराउने जस्ता कार्यहरु तत्कालै रोक्नु पर्ने विज्ञप्तीमा भनिएको छ ।

नेपाल सरकारले जारी गरेको वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ (१) को राजपत्रमा प्रकाशित सुचना अनुसार प्लाष्टिजन्य फुल गुच्छा उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारण नगर्न नगराउन सम्पूर्ण उद्योगी ब्यवसायीहरुलाई अनुरोध गर्दै स्थानीय स्तरमा उत्पादित फुल तथा मालाहरुको मूल्य निर्धारण गरिदिन हुन सरोकारवाला निकायलाइ विज्ञप्ती मार्फत आग्रह गरिएको हो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology