बुलिङ्गटार-३ का वडा सदस्यको निधन

NAWALPUR TIMES

बुलिङ्गटार-३ का वडा सदस्यको निधन
received 208669751073005

टोल राना/बुलिङ्गटार ।  बुलिङ्गटारमा एक जना जनप्रतिनिधिको निधन भएको छ । बुुधबार बिहान ७:३० बजे बुलिङटार गाउपालिका वडा न. ३ का वडा सदस्य देव बहादुर कुमालको मृत्युु भएको हो । ५७ वर्षिय उनलाई पहिले देखि नै फोक्सोमा केहि समस्य देखिएको उनका जेठा छोरा चुरा बहादुर कुमालले बताए । उनले भावुक हुदै थपे “हिजो सम्म गाउमा डुल्नु भथ्यो, घरमा पनि केही काम गर्नु भथ्यो आज यस्तो हुन्छ भन्ने सोचेकै थिएन ।” मंगलबार बेलुका सम्म खाना खाएको र बुधबार बिहान चिया र ग्याष्ट्रिकको औषधि खाएको कान्छा छोरा हिरा बहादुर कुमालले जानकारी दिए । १४ जनाको परिवारलाई लकडाउन को समयमा जताततै बन्द भएको अवस्थामा थप समस्या परेको छ ।

२०२१मा जन्मिएका उनी २०४० सालमा नेपाल आर्मीमा जागिर गरेका थिए । १३ वर्ष सम्म राष्ट्रसेवक रहेर समाज सेवा तर्फ लागेका उनि २०७४ को स्थानिय तहको चुनावमा उनी नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा विजयी भएका थिए । कोरोना महामारी जस्तो विपदको बीचमा सक्रिया जनप्रतिनिधि गुमाउनु पर्दा आफुहरु थप मारमा परेको गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले  बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology