बुलिङ्गटारमा ट्रयाक्टर पल्टिदा दुई जना घाईते

NAWALPUR TIMES

बुलिङ्गटारमा ट्रयाक्टर पल्टिदा दुई जना घाईते
accident sPuNXpyuua 1

कावासोती ।  नवलपुरको बुलिङ्गटार गाउँपालिकामा ट्याक्टर पल्टिएको छ ।

बुलिङ्गटार-६ एकलटारमा रातको एकबजे को समयमा ट्याक्टर पल्टिदा दुई जना घाइते भएका छन् ।

खाद्यन्न लिएर दलदलेबाट बुलिङ्गगटार जाँदै गरेको लु ४ त ६००४ नम्वरको ट्याक्टर पल्टिदा चालक स्याङ्जा गल्याङ ९ बस्ने २८ वर्षीय प्रकाश माझि र सहचालक बौदींकालि गाउँपालिका २ बस्ने वर्ष २३ का तिलकराम गाहा घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology