बुलिङ्गटारको अत्रौलीमा ईलाका प्रशासन स्थापना गर्न सिफारिस

NAWALPUR TIMES

बुलिङ्गटारको अत्रौलीमा ईलाका प्रशासन स्थापना गर्न सिफारिस
1645971614527

कावासोती । नवलपुरको पहाडी क्षेत्रका जनतालाई दैनिक प्रशासनिक सेवा प्रदान गर्नका लागि बुलिङ्गटार गाउँपालिका वडा नं ६ को अत्रौलीमा ईलाका प्रशासन स्थापना गर्नका लागि गृहमन्त्रालयमा सिफारिस गरिएको छ ।

आईतबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको अध्यक्षतमा बसेको जिल्लाका राजनीतिक दलहरुको बैठकले बुलिङ्गटारको अत्रौलीमा ईलाका प्रशासन स्थापना गर्न सिफारिस गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

घिमिरेका अनुसार पहाडी क्षेत्रका बासिन्दाले लामो समय देखि माग गर्दै आएको ईलाका प्रशासन स्थापना गर्नका लागि गृह मन्त्रालय राय मागे अनुसार निर्णय गरेर सिफारिस गरिएको हो । त्यसै गरि बैठकले जिल्लामा जिल्ला कारागार स्थापनाका लागि पनि सिफारिस गरिएको घिमिरेले जानकारी दिएका छ्न ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology