बुलिङटार गाउॅपालिकाको बजेट ४० करोड

NAWALPUR TIMES

बुलिङटार गाउॅपालिकाको बजेट ४० करोड
205607715 260833595815387 6677069452633858538 n

बुलिङटार ।  पुर्वी नवलपरासीको  बुलिङटार गाउॅपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । बुलिङटार गाउॅपालिकाको आर्थिक वर्ष २०७८/७९ का लागी अनुमानित आय ४० करोड ८५ लाख ६६ हजार रुपैयॅा बराबरको बजेट सार्वजनिक गरेको छ।

 

बिहिबार नवौं गाउॅसभा मार्फत बुलिङटार गाउॅपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले संघिय सरकार, प्रदेशबाट अनुदान तथा सहयोग र गाउॅपालिकाको अनुमानित आन्तरिक आम्दानी सहित कुल ४० करोड ८५ लाख ६६ हजार रुपैयॅा बराबरको बजेट सार्वजनिक गरेका हुन।

 

जसमध्ये आयतर्फ संघीय सरकार समानीकरण ८ करोड ८६ लाख, संघीय सरकार राजस्व बॅाडफाड ६ करोड ९७ लाख २९ हजार, संघीय सरकार विशेष अनुदान २ करोड ८ लाख, संघीय सरकार सशर्त चालु अनुदान १७ करोड ९७ लाख र संघीय सरकार सशर्त पूजीगत अनुदान २ करोड ३७ लाख आम्दानी हुने अपेक्ष गरिएको छ।

 

त्यसैगरी गण्डकी प्रदेश सरकारबाट प्रदेश सरकार समानिकरण अनुदान ९७ लाख, प्रदेश सरकार राजस्व बॅाडफाड ४३ लाख ३७ हजार, प्रदेश सरकार समपुरक अनुदान १ करोड रुपैयॅा आम्दामी हुने अनुमान गरिएको छ।

 

त्यसैगरी अनुमानित आन्तरिम आम्दानी २० लाख रुपैयॅा आम्दानी हुने अनुमान गरिएको छ।कोभिड(१९ लगायत संक्रमण रोगहरुको नियन्त्रणको लागी प्रयत्न गरी कोभीड बिरामीलाई सुविधा सम्पन्न कोभिड अस्पतालसम्म पुर्याइने व्यवस्था गरिएको जनाइएको छ।

आर्थिक वर्ष २०७७र०७८ देखि ऐलानी जग्गामा हक भोग गरी बनाइएका घर टहराहरुमा वहाल विटौरी कर लगाइने भएको छ। व्यक्तिले भोग चलन गरेको ऐलानी जग्गाको नाप नक्सा गरी लगत संकलन गर्ने कार्यलाई निरन्तरता दिने अध्यक्ष बस्ताकोटीले जनाए

 

 

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology