बुटवलबाट हराएका बालक भारतमा भेटिए

NAWALPUR TIMES

बुटवलबाट हराएका बालक भारतमा भेटिए
1600052032 baby children 1200x560 1

बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन्। तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन्।

बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी सँगै घरबाट निस्किका थिए। विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारजनले खोजी गरेका थिए।

सम्पर्कविहीन भएका मध्ये समिर लम्सालका बुबा भारतमा रहेको र ती सबै बालक बुबासँगै सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए। ‘परिवारमार्फत बालकहरू सम्पर्कमा आएको खबर पाएका छौँ। अब बालकहरू आएपछि नै उनीहरू किन कसरी गए भन्ने कुरा थप अनुसन्धानपछि  खुल्छ’, प्रमुख केसीले भने।रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology