बीमा समितिले दियो निजी प्रयोगशालालाई मान्यताः कोरोना पुष्टि भए भुक्तानी दिने

NAWALPUR TIMES

बीमा समितिले दियो निजी प्रयोगशालालाई मान्यताः कोरोना पुष्टि भए भुक्तानी दिने
1523789954 beema samiti insurance board bima samiti ss

काठमाडौं, २९ भाद्र । बीमा समितिले निजी प्रयोगशालामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएका बिमीतलाईसमेत मुक्तानी दिने भएको छ। बीमा समितिले आइतबार कोरोना बीमा मापदण्ड, २०७७ तथा कोरोना बीमालेखमा संशोधन गर्दै यो निर्णय गरेको हो।

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलका अनुसार बीमा रकम दाबी गर्न निजी र सरकारी प्रयोगशालामा कोरोना संक्रमण पुष्टि भएको सक्कल रिपोर्ट पेस गर्नुपर्नेछ।

मापदण्डमा संशोधन भएको जानकारी दिँदै पौडेलले भने, ‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड-१९ परीक्षण गर्न सुचिकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाबाट पीसीआर परीक्षण गर्दा कोभिड(१९ रोग संक्रमण देखिएको सक्कल रिपोर्ट पेश गर्नुपर्र्नेछ।’

‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड-१९ परीक्षण गर्न स्वीकृत प्राप्त अस्पताल वा प्रयोगशालामा कार्यरत कर्मचारीको बीमा दाबीका लागि आफ्नो अस्पताल वा प्रयोगशाला वा एकै समूहको लगानी भएका अस्पताल वा प्रयोगशालामा बाहेक अन्य स्वीकृत प्राप्त अस्पताल वा प्रयोगशालाबाट पीसीआर परीक्षण गराउनु पर्नेछ’, संशोधित मापदण्डमा भनिएको समाचार आजको अन्नपुर्ण पोस्टले छापेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology