बिहारमा पहिलो चरणको मतदान सुरू

NAWALPUR TIMES

बिहारमा पहिलो चरणको मतदान सुरू
1603853262973

काठमाडौं : भारतको बिहारमा विधानसभा चुनावको पहिलो चरणको मतदान सुरू भएको छ। पहिलो चरणमा १६ जिल्लाका ७१ सिटका लागि आज मतदान सुरू भएको हो। बिहारमा ७१ सिटका लागि १ हजार ६६ जना चुनावी मैदानमा छन्।

कोभिड कालमा भारतमा पहिलो पटक चुनाव हुन लागेको हो। मतदाताले कोभिड नियन्त्रण सुरक्षा अपनाएर मतदानमा सहभागी भइरहेको भारतीय समाचार एजेन्सी एएन्आईले जनाएको छ।

 

 

बिहारमा तीन चरणमा मतदान हुँदैछ। दोस्रो चरणको मतदान ३ नोभेम्बरबाट हुनेछ भने तेस्रो चरणमा १० नोभेम्बरबाट हुनेछ। मतगणना १० नोभेम्बरबाट सुरु हुनेछ। बिहारमा कूल २४३ सीट छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology