बिहानैको पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

NAWALPUR TIMES

बिहानैको पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध
1600391385.narangadh muglin road

काठमाडौं। बिहानै पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ।

 

लगातारको वर्षाका कारण चितवन भरतपुर महानगरपालिका-२९ स्थित चौध किलो, सत्र किलो र घुमाउनेमा सडकमाथि पहिरो खसेको चितवन ट्राफिक कार्यालयले जनाएको छ।

 

अहिले बिहान ५ बजेर ४० मिनेटतिर खसेको पहिरोले सडकको दुवैतर्फ अवरोध गरेको छ। सँयौ गाडी रोकिएका छन् भने यात्रु अलपत्र परेका छन्। पहिरो पन्छाउन बवश्यक पहल भइरहेको भन्दै दुईतर्फी सडक सञ्‍चालन हुन २/३ घण्टाभन्दा बढी समय लाग्‍नसक्‍ने बताइएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology