बिष्णु कुमार कार्की भन्छन : मेरो उम्मेद्बारी प्रशिक्षित कार्यकर्ता र सङ्गठित काङ्ग्रेस निर्माणका लागी ।

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर २६ गते ९:३५
बिष्णु कुमार कार्की भन्छन : मेरो उम्मेद्बारी प्रशिक्षित कार्यकर्ता र सङ्गठित काङ्ग्रेस निर्माणका लागी ।
263463227 1207174946476929 3551794778629439735 n

काठमाडौं ।

नेपाली काङ्ग्रेसका नेता बिष्णु कुमार कार्कीले नेपाली काङ्ग्रेसको केन्द्रिय कार्य समिती सदस्य (खस आर्य तर्फ) पदमा उम्मेद्बारी दिएका छन । उनले मङ्सिर २४ गते देखि सुरु भएको नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा खस आर्य तर्फ केन्द्रिय सदस्य पदमा मनोनयन गरेका हुन ।

मनोनयन पछि नवलपुर टाईम्स सङ्ग कुरा गर्दै कार्कीले प्रशिक्षित कार्यकर्ता र सङ्गठित काङ्ग्रेस निर्माणका लागी केन्द्रिय सदस्यमा उम्मेद्बारी दिएको बताए । “प्रशिक्षित कार्यकर्ताले मात्र सङ्गठित काङ्ग्रेस निर्माण हुन्छ, प्रतिबद्ध कम्युनिस्ट संग लड्न काङ्ग्रेस कार्यकर्ता प्रशिक्षित हुन आवश्यक छ”, कार्कीले भने ।

कार्कीले नेताहरु गाउँका सामान्य कार्यकर्ताका मनोभावना र समस्या सङ्ग परिचित हुनुपर्ने बताए ।“गाउँ–गाउँका कार्यकर्तामा नैराश्यता छ,पिडा छ, त्यसैले काङ्ग्रेसका नेता सदरमुकाममुखी नभएर गाउँमुखी हुन आवश्यक छ” कार्कीले भने ।

सभापति देउवा समुहबाट उम्मेद्बारी दिएका कार्की नवलपुर क्षेत्र नम्बर ०२ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका थिए ।

प्रकाशित : २०७८ मंसिर २६ गते ९:३५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI