बिजुलीको पोलमा बोलेरो ठोक्किदा करेन्ट लागेर दुईजनाको मृत्यु, १८ घाइते, ४ गम्भीर

NAWALPUR TIMES

बिजुलीको पोलमा बोलेरो ठोक्किदा करेन्ट लागेर दुईजनाको मृत्यु, १८ घाइते, ४ गम्भीर
chitawan uachar 20201211063033

चितवन :  सवारी दुर्घटनामा परी चितवनमा दुईजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका ६ जलबिरेस्थित भित्री सडकखण्डमा चण्डिभञ्जाङबाट राजमार्गतर्फ आउँदै गरेको ना ४ च ५०५० नं को बोलेरो  अनियन्त्रित भइ दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

बोलेरो सडक छेउमा रहेको फलामको बिजुलीको पोलमा ठोकिन जाँदा करेन्ट सर्ट भइ जीपमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता  सूर्य थापाले जानकारी दिए ।

पहाडी क्षेत्रबाट राजमार्ग आउने क्रममा बोलेरो दुर्घटना भएको हो । प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन । बोलेरोमा करिब १५ देखि २० जनासम्म रहेको बताइएको छ।

घाइतेमध्ये १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । तीनजनाको अवस्था गम्भीर रहेको चितवन मेडिकल कलेजका अप्रेसन म्यानेजर पारस अधिकारीले बताए । अन्य पाँचजनाको  पुरानो मेडिकल कलेजमा उपचाररत भइरहेको छ। उपचारत एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनाको बाँकी विवरण आउन बाँकी छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology