बालुवाडाँडा दुर्घटना अपडेट : २ जनाको मृत्यु, २८ जना घाइते

NAWALPUR TIMES

बालुवाडाँडा दुर्घटना अपडेट : २ जनाको मृत्यु, २८ जना घाइते
IMG 20241019 WA0001

कावासोती । नवलपुरको कावासोती १ बालुवा डाँडामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

शनिबार बिहान नवलपुरको बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी एक पुरुष र एक महिला गरी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।

मृत्यु हुनेमा बुलिङ्गटार-३ घर भई हाल कावासोती बस्दै आएका अन्दाजी २० वर्षीया पवित्रा मश्राङ्गी मगर र ३०-३२ वर्षीय पुरुष रहेका छन् । मृतक पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गरी मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । घाइतेमध्ये ११ जनाको कावासोतीको नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको थप उपचारका लागि चितवनतर्फ पठाइएको ढकालले जानकारी दिए । घटनास्थलमा प्रहरी, नेपाली सेना र स्थानीयले घाइतेहरुहरुको उद्धार गरेका थिए ।

यसैगरी, घाइते हुनेहरुमा बोलेरो चालक ३२ वर्षीय लिल बहादुर सुस्लिङ, ३२ वर्षीया तुलीमाया सारु, २४ वर्षीया सबिना सारु, १८ वर्षीया सृष्टी पाटा मगर, २६ वर्षीया मालती थानि परियार, १० वर्षीय न्युलोक, २२ वर्षीय झमिसरा पुलामी मगर, २४ वर्षीय रबिन्द्र पुलामी मगर, ३ वर्षीय कृष पुलामी मगर, ३ वर्षीय कृषन पुलामी मगर,  ९ वर्षीय आशिष राना मगर, बोलेरो साहु ४३ वर्षीय भोजबहादुर पुलामी मगर, १२ वर्षीया आयुसा तिवारी, २९ वर्षीया सजिता खत्री, आठ वर्षीय सेरेन खत्री, ३० वर्षीया कृषि परियार र सात वर्षीय सचिन परियार रहेका छन् ।

त्यस्तै, सात वर्षीय सफिरा परियार, १३ वर्षीया मालिका सुस्लिङ, १५ वर्षीया रोश्नी चिदी, ३३ वर्षी कर्णबहादुर सुस्लिङ मगर र हाल नामथर वतन नखुलेको अन्दाजी ३०-३५ को पुरुष घाइते भएका छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology