बालाजु औद्योगिक क्षेत्रमा भएको आगलागी नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग

NAWALPUR TIMES

बालाजु औद्योगिक क्षेत्रमा भएको आगलागी नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग
1628306522439

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट कारखानामा गए रातिदेखि आगलागी भइरहेको छ । शुक्रबार राति २ बजेदेखि (शनिबार बिहान) भएको आगलागी अझैसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

क्षेत्रफल ठूलो भएकाले चारैतिरबाट आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आगलागीको कारण र क्षतिको विवरण आइसकेको छैन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology