बालकृष्ण खाँणलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

NAWALPUR TIMES

बालकृष्ण खाँणलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
Balkrishna Khand 2 768x504 1

कावासोती । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका उच्च अदालत पाटनले पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई थुनामुक्त गर्न आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासमा आज भएको सुनुवाइमा उक्त आदेश भएको हो । न्यायाधीश कृष्णराम कोइरालाले खाणलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएका हुन्।

शरणार्थी प्रकरणमा गत बैशाखदेखि थुनामा रहेका खाँणको मुद्दामा यसअघि मंसिर १५ गते न्यायाधीशद्धय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा मत बाँझिएको थियो ।

पाण्डेले ३० लाख धरौटीमा रिहा गर्नुपर्ने फैसला दिएका थिए । तर, खरेलले उनको फैसलामा बिमति जनाएपछि तेस्रो न्यायाधीशको एकल इजलासमा पेश गर्ने निर्णय भएको थियो ।न्यायाधीश कोइरालाले न्यायाधीश पाण्डेको रायसँग सहमति जनाउँदै खाणलाई धरौटीमा छाड्न आदेश दिएका हुन्।

यस प्रकरणमा पक्राउ परेका २० जनामध्ये पूर्व उपप्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद आङटावा शेर्पासहित ९ जनालाई थुनामै राख्न अदालतले ओदश दिँदा नेपाल हज समितिका अध्यक्ष शमसेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित ६ जना धरौटीमा र अन्य ४ जना साधारण तारेखमा रिहा भएका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology