बाढी पीडित को उद्दार तथा राहत कार्यमा खट्न नवलपुर काँग्रेसको निर्देशन

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २४ गते १९:०८
बाढी पीडित को उद्दार तथा राहत कार्यमा खट्न नवलपुर काँग्रेसको निर्देशन
1622964210kangresh ePypP7ZGMW

नवलपुर : अविरल बर्षाका कारण पीडित बनेका नागरिकहरुको उद्दार र राहत कार्यमा खट्न नवलपुर काँग्रेसले कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

जिल्ला सभापति बिष्णु प्रसाद लामिछालेले बिहिबार एक प्रेस बिज्ञप्ती प्रकाशन गर्दै मातहतका समिती र काँग्रेस कार्यकर्ताहरुलाई राहत तथा उद्दारको कार्यमा खट्न निर्देशन दिनुभएको हो ।

लामिछाने द्वारा जारी बिज्ञप्तीमा भनिएको छ, ” नवलपुरका विभिन्न स्थानमा आएको बाढीका कारण नागरिकहरु पीडित बनेका छ्न् , काँग्रेस नवलपुर सम्पुर्ण कार्यकर्ताहरुलाई राहत र उद्दारमा खट्न निर्देशित गर्दछ । ” प्राकृतिक बिपत्तिका कारण नागरिकहरु अप्ठ्यारोमा पर्दा उनिहरुलाई सहयोग गर्नु नेपाली काँग्रेसको कर्तब्य हो बिज्ञप्तीमा भनिएको छ । बिज्ञप्तीमा हरेक सुखदुःख मा नेपाली काँग्रेस जनताको साथमा रहने प्रतिबद्धता ब्यक्त गरिएको छ ।

नवलपुरको विभिन्न स्थानमा आएको बाढीका कारण नवलपुरमा घरहरु डुबानमा पर्नुका साथै सयौं बिगाहा खेती योग्य जमिनमा क्षति पुगेको छ ।

 

प्रकाशित : २०७८ असार २४ गते १९:०८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI