बाढीपहिराेमा २२८ जनाको मृत्यु, २५ बेपत्ता

NAWALPUR TIMES

बाढीपहिराेमा २२८ जनाको मृत्यु, २५ बेपत्ता
FB IMG 1727520061642

कावासोती । हालैको बाढीपहिराेमा परी २२८ जनाको मृत्यु भएको छ । २५ जना बेपत्ता छन् । १५८ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ ।

खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनुका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए । रासस

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology