बाघ खोर अब देखि घरबास गाउँ(होमस्टे भिलेज)

NAWALPUR TIMES

बाघ खोर अब देखि घरबास गाउँ(होमस्टे भिलेज)
1716085115695

कावासोती । नवलपुरको कावासोती १५ मा रहेको बाघखोर गाउँलाई घरबास गाउँ (होमस्टे भिलेज) घोषणा भएको छ ।

होमस्टे स्थापना भएको १० वर्ष पुगेको उपलक्ष्यमा पुरै गाउँलाई नै होमस्टेको रुपमा विकास गरिएको हो । अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेले आयोजना गरेको एक समारोहमा गण्डकी प्रदेशसभा सदस्य पद्मा जिसी श्रेष्ठले बाघखोर गाउँलाई अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे भिलेज घोषणा गरेकी हुन् ।

यो गाउँमा रहेका सम्पूर्ण होटेल, रेस्टुरेन्ट र आवासलाई होमस्टेको रुपमा परिणत गरिएको अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेका अध्यक्ष प्रेमशंकर मर्दनियाले बताए ।

होमस्टे भिलेज घोषणासँगै सन् २०३५ सम्म रणनीतिक योजना लागू गरेर एक घर एक रोजगार, सतप्रतिशत साक्षरता र दिगो गाउँ विकासको लक्ष्य तय गरिएको छ ।

२०७० सालमा स्थापना हुँदा थारु र बोटे समुदायको १८ वटा होमस्टे रहेको गाउँमा अहिले ३५ वटा होमस्टे भएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology