बागेश्वरधाम सरकारले शाश्वतधाममा कथावाचन गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन १६ गते १४:१७
बागेश्वरधाम सरकारले शाश्वतधाममा कथावाचन गर्ने
bageshwor sarkar

नारायण शर्मा,पूर्वी नवलपरासी । भारतका चर्चित युवा बागेश्वरधाम सरकारले पूर्र्वी नवलपरासीको दुम्कौलीमा रहेको शाश्वतधाममा भदौ पहिलो साता प्रबचन दिने भएका छन ।

भारतको मध्यप्रदेश स्थित धार्मिक केन्द्र बागेश्वरधामका संस्थापक धिरेन्द्रकृष्ण शास्त्रीले भदौको २ गतेवाट ४ गते सम्म हनुमन्त कथा प्रबचन दिने भएका हुन । शास्त्री बागेश्वरधाम सरकारका नामले प्रख्यात छन । उनले ब्यक्तिको निजि जिवनका बारेमा भबिश्ववाणि गर्ने भनेर दावी गरिन्छ ।

उनि पहिलो पटक औपचारीक कार्यक्रमा नेपाल आउन लागेको चौधरी ग्र्रुपले पुष्टि गरेको छ । हाम्रो निमन्त्रणमा यहा आउदै छन उद्योगका प्रबन्धक रामचन्द्र धितालले भने उनि भदौ १ गते नेपाल आउने र पशुपतिनाथको दर्शन गर्ने र त्यसै सांझ दुम्कौलीमा रहेको शाश्वतधाममा आउने छन ।

सात वर्षअघि सर्वसाधारणकालागि खुल्ला गरिएको शास्वतधाममा हाल सम्म करिब ४५ लाख भक्तजनले अबलोकन गरिसकेको चौधरी ग्रुपका प्रबन्धक रामचन्द्र धितालले जानकारी दिए । दक्षिणभारतको खजुराहो शैलीमा निर्माण गरिएको यहाको शास्वतधाममा हिन्दुधर्मका सबै देवीदेउताको एउटै थलोमा दर्शन गर्न सकिने ब्यबस्था छ ।

नेपालका चर्चित उद्योगपति बिनोद चौधरीको निजि उद्योग रहेको सिजि इन्डस्ट्रियल पार्कको दक्षिण तर्फ करिब ७ बिगाह क्षेत्रफलमा शाश्वतधाम मन्दिर रहेको छ । शास्वतधाम चौधरीको निजि मन्दिर हो ।

प्रकाशित : २०८० साउन १६ गते १४:१७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI