बागलुङमा बाढी : ६ को शव भेटियो, १३ जना सम्पर्कविहीन

NAWALPUR TIMES

बागलुङमा बाढी : ६ को शव भेटियो, १३ जना सम्पर्कविहीन
dhorpatan nagarpalik badhi photo 1599103490

बागलुङको ढोरपाटन नगरपालिकास्थित भुजीखोला बस्तीमा पस्दा ६ जनाको मृत्यु भएको छ। बुधबार राति खोला किनारको बस्ती बगाउँदा हराएका ६ जनाको शव भेटिएको बागलुङका सहायक सिडिओ धिरजप्रताप पन्तले जानकारी दिए।

ढोरपाटन ६, ७, ८ र ९ नम्बर वडाका वस्ती बाढीले बगाएको हो। अझै १३ जना सम्पर्कविहीन रहेको उनले बताए। ‘रातिको पानीले ठूलो क्षति गर्‍यो। स्थानीयको सम्पर्कमा नरहेका १३ जना छन्। अरु कोही पाहुना आएका पनि हुन्सक्छन्। त्यसैले अरु पनि हराएको आशंका छ,’ उनले आयोमेलसँग भने।

रातभर निरन्तर परेको पानीसँगै आएको बाढीले २५ घर बगाएको उनले जानकारी दिए। बाढीका कारण लाकुरीबोट, सुकुरदुङ, दुनेपँधेरा, घट्टबोट, भुसुन्डेलगायतका ठाउँमा क्षति पुगेको छ।

बाढीले लाँकुरीबोटका ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर भुसुन्ड्मा १ घर बगाएको छ। सुकुरदुङको सरस्वती आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि, साविक बोबाङमा रहेका ३ वटा जलविघुत आयोजना र ३ वटा झोलुँगेपुलसमेत बगाएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायको टोली घटनास्थल पुगेको सहायक सिडिओ पन्तले जानकारी दिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology