बागमतीमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदै

NAWALPUR TIMES

बागमतीमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदै
bagmati pradeshsabha JVhyDcikgT e2ylvnkb5s

मकवानपुर । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनको सपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले बुधबार नै प्रदेश प्रमुख समक्ष दावी पेश गरिसकेका छन् । गठबन्धनका ४ वटा दलको समर्थनमा पाण्डेले मुख्यमन्त्री पदमा दावी गरेका हुन् ।

पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको ५९ जना सांसदहरुको समर्थन रहेको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नयाँ सरकार गठनका लागि प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई आफ्नो दावी पेश बुधबार आह्वान गरेसँगै पाण्डेले आफ्नो दावी पेश गरेका थिए ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक संस्कार कायम राख्ने भन्दै बुधबार प्रदेश प्रमुख शर्मासमक्ष राजीनामा पेश गरेकी थिएन । बहुमत सांसदको समर्थन रहेको भन्दै नेता पाण्डेले दावी पेश गरेपछि उनको नेतृत्वमा गठबन्धनका तर्फबाट सबै दलका उप नेताहरु मन्त्री रहने नेपाली काँग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले बताए । दलका नेताहरुले गठबन्धनका तर्फबाट नेतृत्व गर्ने मन्त्री र मन्त्रालयको विषय पनि टुङ्ग्याइसकेको उनले बताए ।

उनका अनुसार तत्काल प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रको तर्फबाट दलकी उप–नेता कुमारी मोक्तान, कांग्रेसका उप–नेता कृष्णलाल भडेल र नेकपा एकीकृत समाजवादी दलका उप–नेता कृष्ण खनालले जिम्मेवारी पाउने छन् । सरकारका जाने मन्त्रीहरु मध्ये माओवादीले आर्थिक मामिला, काँग्रेसले भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादीले सामाजिक विकास मन्त्रालयमा जिम्मेवारी पाउने स्रोतले जानकारी दिएको छ । तिहार लगत्तै मुख्यमन्त्रीले विश्वासको मत लिने र सरकार विस्तारको काम अघि बढ्ने सचेतक लामाले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology