बाख्रा चराउन गएकी कुँवर बाघको आक्रमणमा परेर घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत १४ गते १०:४९
बाख्रा चराउन गएकी कुँवर बाघको आक्रमणमा परेर घाईते
tiger YmvV34JKEu

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं ७ फर्साटाडीमा एक जना महिला बाघको आक्रमणमा परेर घाईते भएकी छिन ।

नवलपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सागर पन्तका अनुसार बाख्रा चराउन खेतमा गएकी ५० वर्षीया माया योगी कुँवर बाघको आक्रमणमा परेर घाईते भएकी हुन ।

बाघको आक्रमणमा परेर घाईते कुवँर बुटवल स्थित प्रादेशिक अस्पतालमा उपचार पछि भर फर्किएकी प्रहरीले जनाएको छ ।

यस अघि पनि गत मंसिर र पुस महिनामा नवलपुरको विनयी त्रिवेणीमा बाघको आक्रमणमा परेर २ जनाको मृत्यु र १ जना घाईते भएका थिए ।

मान्छेलाई आक्रमण गर्ने बाघलाइ चितवन राष्ट्रिय निकुन्ज र डिभिजन वन नवलपुरको टोलीले १५ दिन जति वन क्षेत्रमा आहारा राखेर खोजी गर्दा पनि फेला पार्न नसकेको भन्दै टोली फिर्ता भएको थियो ।
फेरि पनि सोही क्षेत्र आसपास बाघले आक्रमण गर्दा स्थानियमा भने त्रासको स्थिती पैदा भएको छ ।

 

प्रकाशित : २०७८ चैत १४ गते १०:४९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI