बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गर्छौं :नेता नेपाली

NAWALPUR TIMES

बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गर्छौं :नेता नेपाली
IMG 20210610 185652

नवलपुर । नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्ण चन्द्र नेपालीले बहुमत पुर्‍याएर मुख्य मन्त्रीमा दाबी गर्ने बताएका छ्न ।

बिहीवार मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सभा बाट विश्वासको मत लिन नसके पछि उनी पदमुक्त भएका छन । गुरुङ पदमुक्त भए पछि प्रदेश प्रमुखले नयाँ सरकारको लागि अब संविधानको धारा १६८(५) अनसार मुख्यमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न प्रदेशसभा सदस्यलाई आवह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश प्रमुखले १६८(५) अनुसार सरकार गठन को आवह्वान गर्न साथ आफुहरुले बहुमत जुटाएर सरकारको दाबी गर्ने काङ्ग्रेस संसदीय दलका नेता नेपालीले बताए । नवलपुर टाईम्स सँगको कुराकानीमा नेता नेपालीले भने “संवैधानिक व्यवस्था अनुसार बहुमत पुर्‍याएर हामीले मुख्य मन्त्रीको दाबी गर्ने छौं, बहुमत सांसद हामी सँगै हुनुहुन्छ ।”

मुख्यमन्त्री गुरुङलाई विश्वासको मत दिन उपस्थित नभएका राजिव गुरुङ पनि आफुहरु सँगै रहने र अन्य केही प्रदेश सभा सदस्यले समेत सरकार गठनमा साथ दिने काङ्ग्रेस सांसद विष्णुप्रसाद लामिछानेले बताए ।

६० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ३१ मत चाहिन्छ । पोखरेललाई मुख्यमन्त्री बनाउन कांग्रेस १५, माओवादी ११ (सभामुखबाहेक), जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद सहमत देखिएका छन् । स्वतन्त्र भनिएका राजिव गुरुङ सहित ३१ सांसदको हस्ताक्षर बुझाएर सरकारको दाबी गर्ने तयारी विपक्षी गठबन्धनले गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology