बस चलाउने क्रममा असहज भएर बेहोस भएका चालकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक २६ गते ९:५६
बस चलाउने क्रममा असहज भएर बेहोस भएका चालकको मृत्यु
1604821418.dead body

कावासोती । पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको बसका चालक बस चलाउने क्रममा असहज भएर बेहोस भए पछि मृत्यु भएको छ ।

पश्चिम नेपाल यातायात प्रा.लिको लु २ ख ४०७२ नम्बर को यात्रुबाहक बसको चालक लाल बहादुर गाहा मगर बस चलाई रहेको बेला आफुलाई असहज भए पछि बस रोकेर सहचालकलाई चलाउन दिए लगत्तै उनी बसमै बेहोस भएका थिए ।

बसमा बेहोस भएका उनलाई देवचुली नगर अस्पताल ल्याईएको र उपचारको क्रममा उनको निधन भएको नवलपुर प्रहरीले जनाएको छ ।

बस चलाउनेक्रममा असहज हुनु केही बेर अगाडि खाना खाएका र खाना खाएको केही समयमा यो घटना भएको प्रहरीको भनाइ छ । मृतक चालक उच्च रक्तचापका बिरामी रहेको र त्यसको औषधि समेत खाने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८० कार्तिक २६ गते ९:५६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI