कावासोती । बसको झ्यालबाट हाम फाल्दा नवलपुरमा २ जना घाईते भएका छ्न ।
सोमबार बिहान मध्यविन्दु-११ को दमार जाने चोकमा काठमाण्डौबाट महेन्द्रनगर तर्फ आउदैँ गरेको ना ८ ख ४२११ नं.को बसको दाहिने साईडको पछाडीको एकवटा टायर पडकिदा आत्तिएर बसमा सवार दुई जना यात्री झ्याल बाट हामफाल्दा घाईते भएका हुन ।
घाईते हुनेहरुमा दार्चुला शैलेशशिखर गाँउपालिका -१का सुरज कठायत र सल्यान कुमाड गाँउपालिका-३ का बलराम रावत रहेको नवलपुर प्रहरीले जनाएको छ ।
घाईतेहरुको अवस्था मध्यम रहेको र मध्यविन्दु जिल्ला अस्पतालमा सामान्य उपचार पछि उनिहरुलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज चितवन पठाईएको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०८१ असार ४ गते ९:०६
Facebook Comment