बल्छी खेल्न गएका २१ वर्षीय युवकको नारायणीमा डुबेर मृत्यु

NAWALPUR TIMES

बल्छी खेल्न गएका २१ वर्षीय युवकको नारायणीमा डुबेर मृत्यु
woman dead body

कावासोती । नवलपुरको कावासोती -१३ स्थित नारायणी नदिमा माछा मार्न गएका २१ वर्षीय युवकको डुबेर ज्यान गएको छ ।

कावासोती-१२ गैरी का २१ वर्षीय युवा विशाल थनेतको नारायणीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए । पौडेलका अनुसार डुबेर मृत्यु भएका थनेत नारायणी नदिमा माछा मार्नका बल्छी थाप्न गएका थिए ।

मृतकको शव पोस्टमार्टमको लागी मध्यविन्दु जिल्ला अस्पतालमा पठाईएको पौडेलले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology