बलिउड-ड्रग्स नेक्सस : आज दीपिका, श्रद्धा र सारासँग सोधपुछ हुने

NAWALPUR TIMES

बलिउड-ड्रग्स नेक्सस : आज दीपिका, श्रद्धा र सारासँग सोधपुछ हुने
1597918538.deepika scaled

काठमाडौं। बलिउड अभिनेता सुशान्तसिंह राजपूतको मृत्युपछि उठेको लागुऔषध मुद्दामा आज केही बलिउड कलाकारसँग सोधपुछ हुने भएको छ।

 

अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपुर र सारा अली खानसँग सोधपुछ हुनेछ।

 

यसअघि शुक्रबार अभिनेत्री रकुल प्रित सिंह र दीपिकाकी व्यवस्थापक करिश्मा प्रकाशसँग सोधपुछ गरिएको थियो।

 

भारतको लागुऔषध नियन्त्रण ब्युरोले आज पनि करिश्मासँग सोधपुछ गर्न सक्नेछ।

 

यसबाहेक ब्युरोले धर्मा प्रोडक्सनका निर्देशक क्षितिज रविप्रसाद र अनुभव चोपडासँग पनि सोधपुछ गरेको छ।

 

सुशान्त सिंहको मृत्यु प्रकरणमा लागुऔषध प्रयोगको विषय उठेपछि ब्युरोले ‘बलिउड-ड्रग्स नेक्सस’को अनुसन्धान गरिरहेको छ।

 

लागुऔषध नियन्त्रण ब्युरोको अनुसन्धानका क्रममा लागुऔषध खरिद गर्ने विषयमा अहिले कैयौं बलिउड स्टारहरूको नाम अगाडि आएको छ।

 

धेरै सेलिब्रेटीहरूलाई ब्यूरोले सोधपुछका लागि बाेलाएकाे छ।

 

यसअघि ब्युरोले ८ सेप्टेम्बरमा रिया चक्रवर्तीलाई लागुऔषध मुद्दामा पक्राउ गरेको थियो। बीबीसी

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology