बलिउड कलाकारको च्याट बाहिरिएपछि ह्वाट्सएपले भन्यो, ‘इन्क्रिप्टेड म्यासेज कुनै तेस्रो व्यक्तिले हेर्न सक्दैन’

NAWALPUR TIMES

बलिउड कलाकारको च्याट बाहिरिएपछि ह्वाट्सएपले भन्यो, ‘इन्क्रिप्टेड म्यासेज कुनै तेस्रो व्यक्तिले हेर्न सक्दैन’
whatsapp reuters full 1572928703016

काठमाडौं । ह्वाट्सएपले आफ्नो प्लेटफर्ममार्फत पठाइने म्यासेज इन्क्रिप्टेड हुने र पठाउने तथा पाउने बाहेक अन्य व्यक्तिले हेर्न नपाउने स्पष्ट पारेको छ । बलिउड कलाकारको लागु औषध सम्बन्धी ग्रुप च्याट लिक भएपछि जाहेर आशंकालाई सम्बोधन गर्दे कम्पनीको तर्फबाट यस्तो स्पष्टोक्ती आएको हो ।

बलिउड कलाकारहरुको ग्रुप च्याट बाहिरिएसँगै ह्वाट्सएप प्रयोगकर्तामाझ आफ्नो च्याटमा समेत कसैको निगरानी भएको हुनसक्ने भन्दै चिन्ताहरु व्यक्त हुन थालेका छन् । यस्ता चिन्ताहरुलाई सम्बोधन गर्दै ह्वाट्सएपका प्रवक्ताले भनेका छन्, ‘कम्पनीले तपाईंका म्यासेज सुरक्षित रुपमा राख्दछ र ती इन्क्रिप्टेड रुपमा हुन्छन् ।

ता कि तपाईं र पठाइएको व्यक्तिले मात्रै ती म्यासेज पढ्न सक्छन् । ह्वाट्सएप कम्पनीले वा अरु कसैले पनि ती म्यासेज पढ्न सक्दैनन् ।

‘ मानिसहरु केवल फोन नम्बरको प्रयोग गरेर मात्रै ह्वाट्सएप प्रयोग गर्न सक्ने भन्दै उनले फेसबुकको स्वामित्वमा रहेको कम्पनीको पहुँच त्यसमा नहुने बताएका छन् ।

प्रवक्ताले अगाडि भनेका छन्, ‘ह्वाट्सएप अपरेटिङ सिस्टम निर्माताहरुको दिशानिर्देशनलाई अनुसरण गर्दछ । हामी अपरेटिङ सिस्टमको तर्फबाट उपलब्ध पासवर्ड तथा बायोमेट्रिक आईडी लगायतका सबै सुरक्षा फिचरको लाभ उठाउन प्रोत्साहन गर्दै आइरहेका छौं ।

यी सुरक्षा विशेषताले कुनै तेस्रो पक्षलाई प्रयोगकर्ताको उपकरणमा रहेका सामग्रीमा पहुँच पाउनबाट रोक्ने गर्दछन् ।’

एजेन्सीको सहयोगमा ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology