बलिउड अभिनेता जयप्रकाश रेड्डीको निधन

NAWALPUR TIMES

बलिउड अभिनेता जयप्रकाश रेड्डीको निधन
1599548906.bollywood jayaprakash reddi

काठमाडौं। बलिउड अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ। तेलुगू चलचित्रका चर्चित अभिनेता जयप्रकाशको आज बिहान हृदयघातका कारण निधन भएको हो।

 

उनी आन्ध्र प्रदेशको गुन्टरमा बस्दै आएका थिए। कमेडी रोलबाट चर्चामा आएका उनले ‘ब्रह्मापुत्रूदू’ बाट आफ्नो करिअरको शुरूआत गरेका थिए।

 

उनले प्रेमिचुकुन्दाम रा, जयम मनदेरा, समरसिंह रेड्डी, चेन्नकेशवरेड्डी, छत्रपति, गब्बरसिंह, सीतय्या, नायक, रेसुगुर्रम, मनम, टेप्रलगायतका थुप्रै चलचित्रमा अभिनय गरेका थिए। उनको निधनप्रति बलिउडकर्मीहरूले समवेदना प्रकट गरेका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology