बलात्कार र अबको बाटो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १३ गते १०:३७
बलात्कार र अबको बाटो
75311443 1106817966190379 5469125146142834688 n

होमनाथ पौडेल

 

‘छोरी जन्मे बलात्कृत होली छोरो बलात्कारी भो भो आमा बन्ने रहर नगर भन्छ मनले ‘ बलात्कारका खबर सुन्ने बित्तिकै एलिसा ‘एकलास’ दिदिको यो एक शेर झ्याप्प मानस्पटलमा आइहाल्छ। उहाँलाई मात्रै हैन, सायद लाखौं दिदिबहिनीलाई यस्तै लाग्दो हो। मलाई घिन लाग्छ, आफू पुरुष भएकोमा किनभने लिंगधारीले नै त हो हाम्रो समाजमा अधिकांश बलात्कार गर्ने। महिलाले बलात्कार गरेको घट्ना सायदै सुन्न पाउँछौं हामी। सरल भाषामा भन्दा विपरीत लिंगिलाई उसको इच्छा विपरीत जबर्जस्ती वा केहि प्रलोभन देखाएर शारीरिक सम्बन्ध कायम गर्नुलाई बलात्कार भनिन्छ। हाम्रो समाजमा दिनहुँजसो बलात्कारका समाचार आइरहन्छन्। बलात्कारका शिकार महिला मात्रै हुँदैनन्, नाबालिका, किशोरी र उमेरले डाँडा काटेका वृद्धा समेत बलत्कृत हुने गरेका छन्। अपरिचित, छिमेककाले मात्रै हैन आफन्तैले समेत बलात्कार गर्ने गरेको पाइन्छ। बलात्कारपछि हत्या, नावालिका बलात्कार, सामुहिक बलात्कार लगाएतका समाचार सुनिरहँदा , पढिरहँदा शरीर मात्रै काम्दैन, रगत नै उम्लेर आउँछ। धिक्कार लाग्छ समाज देखेर। अब यस्ता घट्ना कसरी घट्न नदिने भन्ने सोचेर टोलाउँछु। तपाईलाई पनि यस्तै विचार आउला नि है ? त्यसो भए अबको बाटो के त ? कसरी यस्ता घट्ना घट्न नदिने ? मेरो नितान्त व्यक्तिगत विचार सोध्नुहुन्छ भने अपराधिक मानसिकता बोकेकाहरूलाई एकखालको झट्का लाग्नेगरी बलात्कार गर्नेलाई लिंगछेदन गराएर समाजको बिचमा झुन्डाएर मृत्युदण्ड दिने कानुन बनाऔँ भन्छु म त। बलात्कार गर्ने, हत्या गर्ने, चेलिबेटी बेच्नेका लागि राम्रो कानुन बनाइराख्नु पर्दैन। कानुन नै कडा बनायौं भने अपराधीमा मनोवैज्ञानिक डर पैदा हुन्छ। राज्यको ठुलै पदमा बसेकाले पदको दुरुपयोग गरेर बलात्कार गरेको छ, बलात्कारीलाई जोगाएको छ भने उसको सम्पूर्ण सम्पत्ति पिडितको हुने र उसलाई पनि उसै गरि लिंग छेदन गरेर फाँसीमा झुन्ड्याउने गर्नुपर्छ। सानालाई ऐन र ठुलालाई चैन हुने परिपाटीले जघन्य अपराध झन् बढिरहेका छन् हाम्रो समाजमा। त्यसकारण ठुलाठालुलाई झन् बढी वा हदैसम्मको कारबाही गर्न कुनै हालतमा चुक्न हुँदैन। यी र यस्ता कानुनका लागि हामीले संविधान नै संशोधन गर्नुपर्छ। अन्तर्राष्ट्रिय सन्धिसम्झौता समेत परिमार्जन गर्न सक्नुपर्छ। हिजो २०७७ असोज १२ गते सोमबार मात्रै नेपालको संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरूले कम्तीमा पनि १६ बर्ष मुनिका बालिका बलात्कारका दोषीलाई मृत्युदण्ड दिने कानुन बनाउनका लागि पहल गर्नुपर्ने बताएका छन् तर मैले बर्षौँदेखी सोचेको कुरा के भन्छु भने १६ बर्ष मुनिका बालिका बलात्कार गर्नेलाई मात्रै हैन , जतिसुकै उमेरका समुहका महिला बलात्कार गर्ने जो कोहिलाई फाँसीमा झुन्ड्याइनुपर्छ, बलात्कारीको सम्पूर्ण सम्पत्ती पिडितलाई दिइनुपर्छ। त्यस्तो कानुन बनेपछि सम्पत्तिको लोभमा वा अरुलाई फसाउने नियतले महिलाले बलात्कारको आरोप लगाएमा ती महिलालाई समेत फाँसीकै कानुन लाग्ने व्यवस्था संविधानमै गरिनुपर्ने कुरा भने कुनै हालतमा छुटाउन हुँदैन। अन्तिममा समाजमा देखिएको अर्को महत्त्वपूर्ण कुरा चित्त बुझ्दा सम्म लम्पसार पर्ने र चित्त नबुझे बलात्कार भयो भन्नेलाई कस्तो कारबाही हुनुपर्ला? यो कुरा पाठकलाई प्रतिक्रिया दिनको लागि छोडेँ है किनभने बलात्कार लगाएतका अपराधको विरुद्धमा एक दुई जनाले मात्रै हैन, तपाईहामी सबैले आवाज उठाउन जरुरी छ। यसबारे जोकोहिले सोच्न आवश्यक छ र आवश्यक परेमा जस्तोसुकै कदम उठाउन पछि हट्न हुँदैन। तपाईलाई के लाग्छ ?

 

प्रकाशित : २०७७ असोज १३ गते १०:३७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI