बलात्कार कसुरमा ८ वर्ष कैद सजाय

NAWALPUR TIMES

बलात्कार कसुरमा ८ वर्ष कैद सजाय
jail hatkadi pakrau crime

राजु चापागाईं/कावासोती : १७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पुर्वी नवलपरासीको जिल्ला अदालतले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नपा–१२ का १९ वर्षीय अजय भरलाई ८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायधिश यज्ञप्रसाद अचार्यको पुस २८ गतेको इजालासले बलात्कार कसुर ठहर गर्दै भरलाई ८ वर्ष कैद सजायको फैसला सुनाएको जिल्ला अदालतका स्रेस्तेदार महेन्द्र प्रसाद पौड्यालले जानकारी दिनुभयो ।

भरले २०७८ साउन २२ गते पीडित बालिकालाई नवलपरासी पूर्व जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–६ मा बलात्कार पछि हत्या गरेको भन्दै बालिकाका बुबाले २०७८ साउन २४ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा उजुरी दिनु भएको थियो । भरलाई हत्या कसुरमा भने जिल्ला अदालतले सफाई दिएको छ ।

साउन २२ गते घटना पछि पीडित किशोरीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि पश्चिम नवलपरासी स्थित शहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापछि फरार रहेका भरलाई २०७८ कात्तिक २८ गते प्रहरीले घर नजिकैबाट गिरफ्तार गरेकोमा नवलपुर जिल्ला अदालतको कात्तिक २८ गतेको आदेशले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

मृतकको पोष्टमार्टम लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा साउन २४ गते भएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology