बलात्कार आरोपमा २२ वर्ष कैद फैसला

NAWALPUR TIMES

बलात्कार आरोपमा २२ वर्ष कैद फैसला
chitawan district court2020 07 06 02 38 34 800x519 50

भरतपुर । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत चितवनकी न्यायाधीश निर्मला सुवेदीको इजलासले वैशाख १४ गते बालिकाको बाबुलाई २२ वर्ष कैद सजाय फैसला सुनाएको छ ।

३१ वर्षीय बाबुले ०७९ वैशाख ६ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले ०७९ वैशाख १९ गते इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिएकी थिइन् । बालिका बलात्कार आरोपमा १८ वर्ष र हाडनातामा थप ४ वर्ष सजाय भएको जिल्ला अदालत चितवनका श्रेष्तेदार ईश्वर आचार्यले बताए ।

त्यस्तै, आरोपितलाई ६ लाख जरिवानाको समेत फैसला भएको छ । २५ हजार क्षतिपूर्ति भराउनसमेत फैसलामा भनिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology