‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने पक्राउ

NAWALPUR TIMES

‘बलात्कारी संगठन’ नामक फेसबुक  ग्रुप चलाउने पक्राउ
1602689937766

सामाजिक सञ्जाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप खोलेर बलात्कारलाई प्रशय दिने गरी लेख्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
साइबर अपराध ब्यूरोले स्थानीय प्रहरीसँगको समन्वयमा प्युठानका १९ वर्षीय नवीन बस्नेतलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याइँदै गरेको ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले बताए ।

प्रहरीले यसअघि नै सो ग्रुपमाथि अनुसन्धान अघि बढाएको थियो । बलात्कार जस्तो जघन्य अपराध बढिरहेको बेला सामाजिक सञ्जालमा ग्रुप नै खोलेर बलात्कारसम्बन्धी पोष्ट गर्नेलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्ने आवाज उठेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

उनीमाथि विद्युतीय कारोबार ऐन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology