बर्थ डेमा करिना कपूरको ‘ग्ल्यामर लुक्स’

NAWALPUR TIMES

बर्थ डेमा करिना कपूरको ‘ग्ल्यामर लुक्स’
1600669799.karina kapoor

एजेन्सी। बलिउड अभिनेत्री करिना कपूर आज आफ्नो ४० औं जन्मदिन मनाईरहेकी छिन्।

 

गर्भवती अवस्थामा रहेकी करिना यतिबेला चलचित्रको छायांकनका लागि तयारी गरिरहेकी छिन्। उनी अमिर खानसँग चलचित्र ‘लाल सिंह चड्डा’ मा काम गर्न लागेकी हुन्।

 

करिना फेसनको दुनियाँमा नयाँ-नयाँ प्रयोग गर्न बढी रुचाउँछिन्। जिम, पार्टी तथा एअरपोर्ट लुक्समा उनी सुन्दर देखिन्छिन्। उनले आफ्नो जन्मदिनको अवसरमा ग्ल्यामर लुक्स सार्वजनिक गरेकी छिन्।

 

 

करिनाले जन्मदिनमा पुराना यादहरूसँगै पार्टीका तस्वीरसमेत इन्स्टाग्राममा पोष्ट गरेकी छिन्। उनले परिवारसँगै जन्मदिन मनाएकी हुन्। ती तस्वीरहरू यतिबेला सामाजिक सञ्जालमा चर्चामा छन्।

 

आमा–बुवा, दिदी करिश्मा कपूरसमेतको सहभागी रहेको जन्मोत्सव मनाउने कार्यमा केकमा ‘फ्याबुलस एट फोर्टी’ लेखिएको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology