बरिष्ठ नेता पौडेल भन्छन् : लोकतन्त्र र राष्ट्र बचाउन पहिले कांग्रेसलाई बचाउनुपर्छ

NAWALPUR TIMES

बरिष्ठ नेता पौडेल भन्छन् : लोकतन्त्र र राष्ट्र बचाउन पहिले कांग्रेसलाई बचाउनुपर्छ
ramchandra poudel9

नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा बुधबार शुभकामना मन्तब्य राख्दै उनले यतिबेला पहिलो प्राथमिकतामा महामारीबाट जनता बचाउने अनि संविधान र संसदीय प्रणाली बचाएर कांग्रेस बचाउनु पर्ने बेला आएको बताएका हुन् ।

उनले भने,‘यो संविधान भनेको विस्तृत शान्ति सम्झौतामार्फत बनेको दस्तावेज भएकाले यसको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिहरु एक ठाउँमा उभिनु पर्छ,’ उनले अगाडी भने,‘हामी संविधानको मर्म र संवैधानिक व्यवस्था अनुरुप अदालतको पुगिसकेकाले अदालतले विवेकपूर्ण निर्णय गरोस ।’

देशले यतिबेला विकल्प खोजेको भएपनि तत्काल चुनावमा जाने अवस्था नभएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले यो महामारीको बेला हुन नसक्ने चुनावको मिति तोकेको पनि बताए ।

पौडेलले नेपाली कांग्रेस पनि संकटको अवस्थामा रहेकाले महाधिवेशनतर्फ लक्षित हुनुपर्ने धारणा राखे । उनले भने,‘नेपाली कांग्रेस बाँच्यो भनेमात्र लोकतन्त्र र संविधानको रक्षा हुने भएकाले पहिलो प्राथमिकतामा कांग्रेसलाई बचाउन सक्नुपर्छ । यसका लागि सुदृढ र एकतापूर्ण पार्टीको आवश्यक्ता छ ।’

पौडेलले कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल बनिरहेकाले अन्य देशको मोडेल वा अभ्यास सिकेर महामारीबाट जनता जोगाउन सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बेला आएको बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology