बन्जीजम्प गर्ने क्रममा युवतीको मृत्यु

NAWALPUR TIMES

बन्जीजम्प गर्ने क्रममा युवतीको मृत्यु
jump

काठमाडाैँ । बन्जी जम्प गर्ने क्रममा एक युवतीको ज्यान गएको छ । बन्जीको डोरी नै नबाँधीकन ती युवतीले हाम्फालेपछि उक्त दुःखद घटना भएको हो । घटना कोलम्बियाको हो ।

साहसिक खेल मानिने बन्जी जम्प पछिल्लो समय युवाहरुमाझ लोकप्रिय छ । तर, सावधानी नअपनाउँदा मनोरञ्जनको साटो मृत्यु प्राप्त हुने कुरा हाले घटेको कोलम्बियाको उक्त घटनाले पुष्टि भएको छ ।

समाचार एजेन्सीहरुको अनुसार कोलम्बियाको एन्टिओक्विया प्रान्तको अमागामा येसेनियामा आफ्नो प्रेमीका साथमा बन्जी जम्प गर्न गएकी २५ वर्षीया येसेनिया मोरालेस नामकी युवतीको मृत्यु भएको हो बन्जीजम्पको क्रममा उनले डोरी बाँध्नुपूर्व नै झुक्केर हाम्फालेको पाइएको डेली मेलले जनाएको छ ।

उनी बन्जी हान्ने पुलमाथि बन्जीको तयारी गर्दै गरेको अवस्थामा प्रशिक्षकको एक इशाराबाट भ्रमित उनले हाम्फालेकी थिइन् । उनी करिब १५० फिट तल खसेको र घटनास्थलमै मृत्यु भएको जनाइएको छ । तत्कालै उद्धारकर्मीहरु घटनास्थल पुगे पनि युवतीको हावामै मृत्यु भइसकेको बताइएको छ ।

मेडिकल रिपोर्टका अनुसार खसेकै कारण नभएर हृदयघातका कारण उनको मृत्यु भएको पुष्टि भएको छ । बन्जी कर्ड (डोरी) नबाँधीकनै हाम्फालेपछि उनी झल्याँस्स हुँदै आफूसँग उक्त बन्जी कर्ड नजोडिएको थाहा भएको हुन सक्ने र सोही कारण हृदयघात भएर उनको मृत्यु भएको हुनसक्ने रिपोर्टमा जनाइएको छ ।

भएको के रहेछ भने बन्जी जम्पको लाइन रहेका उनका प्रेमी उनीभन्दा अगाडि थिए र प्रेमीलाई नै बन्जी कर्डसँग राम्ररी जोडिएपछि प्रशिक्षकले हाम्फाल्ने संकेत गरेका छन् । तर संकेत युवतीले आफ्ना लागि हो भन्ने बुझेर हतारमै हाम्फालिनछन् । युवती तल खसेपछि उनका प्रेमी तत्कालै उक्त ठाउँमा पुगेर बचाउने कोसिस गरेको भए पनि असफल भएको बताइएको छ । – एजेन्सीहरूकाे सहयाेगमा

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology