फ्रान्ससँग पोर्चुगल पराजित

NAWALPUR TIMES

फ्रान्ससँग पोर्चुगल पराजित
1605404313938

काठमाडौं । विश्व विजेता फ्रान्ससँग डिफेन्डिङ च्याम्पियन पोर्चुगल पराजित भएको छ । नेसन्स लिग फुटबल अन्र्तगत शनिबार राति घरेलु मैदानमा भएको खेलमा पोर्चुगत फ्रान्ससँग १–० को झिनो अन्तरले पराजित भएको हो ।

स्टाडियो दा लुजमा भएको खेलमा घरेलु टोली पोर्चुगललाई पराजित गर्न खेलको एक मात्र निर्णायक गोल फ्रान्सका एनगोरो कान्टेले गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा कान्टेले गोल गरेका हुन् ।

 

कान्टेले खेलको ५३ औं मिनेटमा गोल गर्दै पाहुना टोली फ्रान्सलाई १–० को साँघुरो जित दिलाए । समूहमा यस अघि भएको भेटमा भने दुबै टोलीले बराबरी खेलेका थिए । फ्रान्सको घरेलु मैदानमा भएको समूहको पहिलो भेटमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

जितसँगै फ्रान्स समूह सीको शीर्ष स्थानमा उक्लिएको छ । समूहमा पाँच खेल खेलेको फ्रान्स चार खेलमा जित र एक बराबरी खेल्दै १३ अंक जोडेर समूहको शीर्ष स्थानमा उक्लिएको हो । समान खेल खेलेको पराजित पोर्चुगल भने १० अंक जोडेर समूहको दोस्रो स्थानमा छ । अब दुबै टोलीले समूहको अन्तिम खेल मंगलबार राति खेल्ने छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology