फेसियल भेरिफिकेसन प्रविधि प्रयोग गर्ने पहिलो देश बन्यो सिंगापुर

NAWALPUR TIMES

फेसियल भेरिफिकेसन प्रविधि प्रयोग गर्ने पहिलो देश बन्यो सिंगापुर
facial recognation singapore

काठमाडौं । राष्ट्रिय परिचयपत्र योजनामा फेसियल भेरिफिकेसन प्रयोग गर्नेमा सिंगापुर विश्वकै पहिलो देश बनेको छ । बायोमेट्रिक जाँचबाट देशका जनताको निजी तथा सरकारी दुवै किसिमका सुरक्षित सुविधाहरु प्राप्त हुनेछन् ।

यस पटक सरकारको प्रविधि सम्बन्धी निकायले यो देशलाई डिजिटल अर्थतन्त्रको आधारभूत शर्त भएको उल्लेख गरेको छ । यस किसिमको फेस भेरिफिकेसनको परीक्षण एउटा बैंकबाट सुरु गरिएको थियो ।

त्यो अब देशभरमा रोलआउट भएको छ । यसबाट केवल व्यक्तिगत पहिचानमात्र नभएर सम्बन्धित व्यक्ति छ कि छैन भन्ने कुराको समेत यकिन हुनेछ ।

प्रविधि उपलब्ध गराउने बेलायतको कम्पनी आईप्रुभका संस्थापक तथा प्रमुख प्रशासनिक अधिकृत एन्ड्र्यु बडले भनेका छन्, ‘तपाईंले अथेन्टिक गर्दा वास्तवमा व्यक्ति उपस्थित छ कि छैन भन्ने कुराको सुनिश्चित गर्नुपर्नेछ । तपाईंले एउटा तस्वीर वा भिडियो अथवा रेकर्डिङ तथा डिपफेक देखिरहनु भएको छैन ।’

क्लाउडमा आधारित फेस भेरिफिकेसनको प्रयोग राष्ट्रिय परिचयपत्रको स्किममा रहेका प्रयोगकर्ताको पहिचान सुरक्षित गर्नका लागि हुने भन्दै उनले यो विश्वमै पहिलो पटक भएको दाबी गरेका छन् ।

कसरी हुनेछ यो प्रविधिको प्रयोग ? 

सिंगापुरको कर कार्यालय, विभिन्न बैंक, डीबीएस बैंकमा यस अघि देखि नै यो प्रविधि प्रयोग भइरहेको छ । अनलाइनबाटै ग्राहकको बैंख खाता खोल्नका लागि यसको प्रयोग हुँदै आएको छ ।

साथै यसको प्रयोग बन्दरगाह जस्ता सुरक्षित क्षेत्रमा भेरिफिकेसनका लागि समेत गर्न सकिन्छ । यो सबै किसिमका व्यवसायका लागि उपलब्ध हुनेछ, जसले सरकारको आवश्यकतालाई पुरा  गर्न सघाइरहेका छन् ।

गभटेक (GovTech) सिंगापुरमा नेसनल डिजिटल आईडीका वरिष्ठ निर्देशक किवक क्वेकले गोपनीयताका लागि यो उत्तम विकल्प भएको बताएका छन् ।

किन भने कम्पनीहरुलाई कुनै पनि बायोमेट्रिक डेटा संकलन गर्नुपर्ने आवश्यकता हुनेछैन । ग्राहकले केवल एउटा स्कोर देख्न पाउँछन्, जसमा सरकारले फाइल कति पटक स्याक गरेको छ भन्ने कुरा हेर्न सकिन्छ ।

एजेन्सीको सहयोगमा ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology