फेसबुक, टिकटक, युट्युब चलाउनेहरु प्रहरीको निशानामा, साइबर ब्युरोले दियो चेतावनी

NAWALPUR TIMES

फेसबुक, टिकटक, युट्युब चलाउनेहरु प्रहरीको निशानामा, साइबर ब्युरोले दियो चेतावनी
1623057924922

काठमाडौं। फेसबुक, युट्युब, टिकटक लगायतमा व्यक्तिको चरित्रहत्या हुनेगरी फोटो एडिड गरेर वा अन्य तरिकाले परिमार्जित सामग्री पोस्ट गर्नेहरु नेपाल प्रहरीको निशानामा पर्ने भएका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले यिनीहरुलाई लक्षित गर्दै सूचना जारी गरेको छ । प्रहरीले सामाजिक संजाल दुरुपयोग गर्ने व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

प्रहरीको साइबर ब्यूरोले सोमबार एक नोट जारी गर्दै भनेको छ ‘हालको बन्दाबन्दी, संक्रमणकालीन समयमा पनि सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उदेश्यबाट त्यस्ता समाग्रीहरू बनाउने, प्रकासन, प्रसारण गर्ने गरेको पाइएको हुँदा त्यस्ता कार्यहरू नगर्न÷नगराउन हुन अनुरोध साथै त्यस्ता गतिविधि गरेको पाइएमा विद्युतिय कारोवार ऐन, २०६३ अन्तर्गत कारवाही हुने व्यहोरासमेत जानकारी गराइएको छ ।’

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology