फेसबुकमा प्रधानमन्त्री ओलीलाई ‘अनफलो’ गर्ने क्रम जारी

NAWALPUR TIMES

फेसबुकमा प्रधानमन्त्री ओलीलाई ‘अनफलो’ गर्ने क्रम जारी
kp oli aayog

कावासोती । प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा ‘अनफलो’ गर्ने क्रम अझै रोकिएको छैन। मंगलबार साँझदेखि ओलीलाई फेसबुकमा अनफलो गर्न सुरु गरिएको थियो।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले फेसबुकमा ओलीलाई अनफलो गर्न थालेका हुन्।

आइतबार साँझ मेयर बालेन्द्र साहले नेकपा एमाले (लुम्बिनी) प्रदेश सांसद रेखा कुमारी शर्माले बालश्रम शोषण गरेको तर कारबाही नगरेको भन्ने स्टाटस राखेका थिए। सो स्टाटस मंगलबार उनको फेसबुक पेजबाट हटेको थियो।

मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटस हटाइएको दाबीसहितको पोस्ट गरेका थिए। उनले सरकारलाई चुनौती दिँदै पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार भनेका थिए।

त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्न थालेका हुन्।

मंगलबार दिउँसोसम्म ओलीको फेसबुकमा करिब ६ लाख ६२ हजारले फलो गरेको देखिन्थ्यो। बुधबार बिहानसम्म उनको फेसबुकको फलोअरको संख्या ५ लाख ९४ हजारमा झरेको छ।

मेयर साहले सांसद शर्मालाई कारबाही गर्नुपर्ने माग गरिरहेका छन्। सांसद शर्माविरुद्ध महानगरले बालबालिकासम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता ऐन, २०७४ बमोजिम दास बनाउन नहुने कसुर अन्तर्गत जाहेरी दर्ता गरेको छ। प्रहरीले कारबाहीको प्रक्रिया अगाडि नबढाएको भन्दै मेयर साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न समेत गरेका छन्।

यता एमाले निकट विद्यार्थी नेताहरूले उनको विरोध गरेका थिए। बालेनले झुटो दाबीसहित अनावश्यक प्रधानमन्त्रीलाई मुछेको उनीहरूको भनाइ थियो।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology