फेसबुकको फोटो गुगलमा सार्न सकिने

NAWALPUR TIMES

फेसबुकको फोटो गुगलमा सार्न सकिने
Facebook 10122019040143 600x0 1

एजेन्सी-फेसबुकले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ फिचरको व्यवस्था गरेको छ । अब फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुकमा भएको फोटो तथा भिडियो गुगल फोटोजमा सार्न सक्ने भएका छन् । सन् २०२० बाट विश्वका सबै प्रयोगकर्ताबीच लागू गर्ने बताउँदै फेसबुकले यसको सुरुवात आयरल्यान्डबाट गरेको छ । सन् २०१८ मा फेसबुकले घोषणा गरेको डाटा ट्रान्सफर योजनाअन्तर्गत यो नयाँ टुललाई लिइएको छ । फेसबुकले यो फिचरको उद्देश्य प्रयोगकर्ताका लागि भिन्न तथा सबै प्रकारका सेवाबीच सुरक्षित तवरले एउटा एपबाट अर्को एपमा डाटा ट्रान्सफर गर्नु बताएको छ । 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology