फेरि बढयो पेट्रोलियम पदार्थको मुल्य

NAWALPUR TIMES

फेरि बढयो पेट्रोलियम पदार्थको मुल्य
petrol pump thinkstock 1

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले खाना पकाउने ग्यासबाहेक सबै इन्धनको मूल्य बढाएको छ।

डिजेल, पेट्रोल र मट्टितेल लिटरमा तीन–तीन रुपैयाँ बढाएको निगमले जनाएको छ। डिजेल र मट्टितेलको मूल्य लिटरको एक सय २२ रुपैयाँ र पेट्रोलको मूल्य एक सय ३९ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए। बढेको मूल्य बुधबार राति १२ बजेबाट कार्यान्वयनमा आउने निगमले जनाएको छ।

त्यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ लिटरमा पाँच रुपैयाँ र अन्थर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक सय डलर वृद्धि भएको छ।

हवाई इन्धन आन्तरिकतर्फको मूल्य लिटरको एक सय ६ रुपैयाँ कायम गरिएको छ। मूल्य वृद्धि गर्दा पनि निगमलाई १५ दिनमा एक अर्ब ८८ करोड रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology